प्याब्सन तिलोत्तमाद्वारा नगरपालिका राहत कोषमा चार लाख सहयोग

काठमाडौं/७ बैशाख– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको विशेष राहत कोषमा प्याब्सन तिलोत्तमाले चार लाख नगद आर्थिक सहयोग गरेको छ ।
तिलोत्तमा प्याब्सन अन्गर्तका विद्यालयहरुको तर्फबाट उक्त रकम सहयोग गरिएको हो । कोरोना भाईरसका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको तिलोत्तमा प्याब्सनका अध्यक्ष डि.बि. थापाले बताए । उनका अनुसार उक्त रकम नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको छ ।
रकम हस्तान्त्रण कार्यक्रममा प्यवसानका सल्लाहकार दामोदर भुसाल, प्यावसन नेपालका केन्द्रिय सल्लाहकार कृष्ण खनाल, केन्द्रिय सदस्य हेमलाल भुसाल, प्यावसन तिलोत्तमाका सचिव बिष्णुप्रसाद भुसाल, कोषाध्यक्ष किरण गौतम, नगर उपप्रमुख जागेश्वरी चौधरी, प्रशाशकिय अधिकृत माधब प्रसाद शर्मा, प्रवत्ता सुरेन्द्र श्री लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *