एसईई र कक्षा १२ को परीक्षाका लागि शिक्षक महासंघको दुई सुझाव, यस्तो छ सुझाव


काठमाडौं/७ बैशाख–नेपाल शिक्षक महासंघले कक्षा १० को एसईई तथा कक्षा १२ को परीक्षाका लागि दुई वटा विकल्प प्रस्तुत गरेको छ ।
शिक्षक महासंघले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यस घडीमा परीक्षा सञ्चालनको छलफल र तर्क वितर्क कति सान्दर्भिक होला रु अहिलेको पहिलो सरोकार भनेको जीवन रक्षा नै हो । परीक्षा त मूल्याङ्कनको एउटा साधन मात्र हो । विद्यालयहरुले अवलम्बन गरेका मूल्याङ्कनका साधनहरुबाट विद्यार्थीहरुको समग्र स्तर निर्धारण गर्न सकिन्छ । परीक्षा सञ्चान गर्ने भन्दा पनि विद्यालय तहमा अध्ययन गर्ने झण्डै ७५ लाख विद्यार्थीहरुको शैक्षिक सत्र कसरी व्यवस्था गर्ने भन्ने विषय नै आजको प्रमुख सवाल हो ।” विद्यालय तहको कक्षा १० र कक्षा १२ को परीक्षा सम्बन्धमा तपसिलका २ विकल्पहरु अख्तियार गर्न सकिने छ ।
१ शिक्षा ऐन २०२८ को आठौं संशोधनको नियम ४ ट लाई अध्यादेश मार्फत संशोधन गरी विद्यालयले मूल्याङ्कनको रुपमा तय गरेको अन्तिम अभिलेखलाई आधार मानी राष्ट्रिय परीक्षा बोर्डले परिणाम सार्वजनिक गर्ने ।

२ परीक्षा सञ्चालन गर्न थप कार्यविधि बनाइ आवश्यकता अनुरुप होम सेन्टर निर्धारण गर्दै स्थानीय शैक्षिक प्रशासकहरुको उपस्थितिमा परीक्षा सञ्चालन गर्ने साथै उत्तरपुस्तिका पालिका तह मै संकलन गर्दै कोडिङ, डिकोडिङ, परीक्षण, समपरीक्षण र पुनःपरीक्षण ९पुनर्योग० गरी प्राप्त गरिएको अभिलेखको आधारमा राष्ट्रिय परीक्षा बोर्ड मार्फत परीक्षाफल सार्वजनिक गर्ने।

महासंघले विश्वमा अभ्यास गरिएका शिक्षण सिकाइ र मूल्याङ्कनका पद्धतिहरुलाई सरकारले प्रयोगमा ल्याउने । वर्तमानको आवश्यकता भनेको नयाँ शैक्षिक सत्र यस घडीमा कसरी व्यवस्थित गर्ने भन्ने नै हो । यसका लागि समंघीय सरकारले एउटा डाटा सेन्टर निर्माण गरी विद्यालय विद्यालयमा उपलब्ध गराउने जसवाट रेडियो, टिभि र भर्चुयल कक्षाहरु सञ्चालन गर्न सकिन्छ । यी कक्षाहरु सञ्चालन गर्न विद्युत, कम्प्यूटर र मोवाइल फोन भए पुग्दछ । कक्षाहरु सञ्चालन गर्न नेपाल शिक्षक महासङ्ले मानवीय स्रोत साधनको आपसी विनिमयको सिद्धान्त अवलम्बन गर्नेछ । विश्वका ७२ भन्दा बढी देशमा नेपाली विद्यार्थीहरु हाल अध्ययनरत छन् । झण्डै ३ लाख २४ हजार शिक्षर्थीहरुको अवस्था कोबिड–१९ बाट प्रभावित छन्।

Image may contain: text
Image may contain: text