काठमाडौं/५ बैशाख–ट्रीटन इन्टरनेशनल कलेजले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन कलेजले अनलाइन कक्षा सुरु गरेको हो ।
कलेजले प्लस टु र ब्याचरलका विद्यार्थीहरुलाई लक्षित गरी कक्षा सञ्चालनमा ल्याएको कलेजले जनाएको छ । कलेजले चैत २५ गतेदेखि ब्याचलरको अनलाइन कक्षा सुरु गरेको थियो भने चैत १ गतेदेखि प्लस टु को समेत अनलाइन कक्षा सञ्चालन गर्न थालेको हो । कलेजले गुगल ह्याङ्ग आउट मार्फत अनलाइन कक्षा सञ्चालनमा ल्याएको हो ।