सैनामैना नगरपालिकाका निजी विद्यालयले गरे विपत राहत कोषमा सहयोग

काठमाडौं/५ बैशाख–रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका निजी तथा आवासीय विद्यालयहरुले सैनामैना नगरपालिकाको विपत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् ।


नगरपालिकामा सञ्चालनमा रहेका १८ वटा निजी विद्यालयहरुले एक लाख ५६ हजार आर्थिक सहयोग गरेका हुन् । विभिन्न छाता संगठनहरुमा आवद्ध रहेका विद्यालयहरुले नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त रकम नगर प्रमुख चित्र बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख कार्कीले यस्तो विषम परिस्थितिमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयले सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *