काठमाडौँ/२७ कार्तिक – हचुवामा युएई अध्ययन लागि नजान शिक्षा मन्त्री महावीर पुनले आग्रह गरेका छन् । केही कन्सल्टेन्सीहरूले नेपाल बाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू पठाउने गरेको उल्लेख गर्दै विद्यार्थीलाई नफस्न आग्रह गरेका हुन् ।
साथै त्यसरी गएका विद्यार्थीहरूले युएईमा दुख पाई रहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको उनको भनाई छ ।
एनले सामाजिक सञ्जाल मार्फत भनेका छन् “युएईमा पढ्न जाने विद्यार्थीहरू सावधान – नेपालका केही कन्सल्टेन्सीहरूले युएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू दिन दिनै पठाई रहेको कुराको उजुरी आएको छ । त्यस्ता विद्यार्थीहरूले युएईमा दुख पाई रहेको कुरा को जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानबिन हुँदैछ । कोही पनि नफस्नु होला ।”




