अनलाईन कक्षा सञ्चालन गर्ने जनकपुरको पहिलो स्मार्ट स्कुल, अक्षर विद्या मन्दिर

काठमाडौ /५ बैशाख -कोरोनाभइरसको महामारीका कारण देशका सम्पुर्ण विद्यालय तथा कलेजहरु पुर्ण रुपमा बन्द छन् । लामो समय विद्यालय बन्द हुदा विद्यार्थीहरुको पढाइ प्रभावित भइरहेको बेला जनकपुरको अक्षर विद्या मन्दिर स्कुलले बैशाख ४ गते देखि अनलाईन कक्षा सुरु गरेको छ ।

विद्यालयले माइक्रो सफ्टको प्लेटफर्म प्रयोग गरेर त्यसमा अभिभावकको युजर नेम र आईडी राखी विद्यार्थीले अनलाइन कक्षा लिनपाउने व्यवस्था गरेको विद्यालयका अध्यक्ष पंकज जालानले जानकारी दिए । यसका लागि अनलाइन कक्षाहरु भने शिक्षकहरुले आफ्नो घरबाट सञ्चालन गर्ने छन् ।

सबै कक्षाहरुको लागी फरक फरक शिक्षक द्वारा फरक फरक कक्षा सञ्चालन हुने छ भने सबै विद्यार्थीहरुले एकै पटक यसमा सहभागी हुन पाउने छन् । यसरि अनलाइन कक्षाहरु नयाँ शैक्षिक सत्र अनुसार सञ्चालन हुने विद्यालयका प्राचार्य प्रकाश कुमारले जानकारी दिए ।

यसरि सञ्चालन हुने अनलाईन कक्षाहरु आईतवार देखि शुक्रवार सम्म हप्ताको ६ दिन र दिनको दुई घण्टा सञ्चालन हुनेछन् । विद्यार्थीहरुले अनलाइाबाटै पाठ्य सामाग्री पाउने छन भने गृहकार्य पनि अनलाइन बाटै पठाउने व्यावस्था गरिएको छ ।

अक्षर विद्या मन्दिर स्कुल अनलाईन कक्षा सञ्चालन गर्ने प्रदेश २ को पहिलो विद्यायल हो भने जनकपुरको पहिलो स्मार्ट पनि स्कुल हो ।