शिक्षा मन्त्रालयको शिक्षातर्फका सेवा आजदेखि सिंहदरबारबाट

काठमाडौँ /१६ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केशर महलबाट सिंहदरबार नै सारिएको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड र आगजनी भए पछि मन्त्रालयलाई केशर महलमा राखिएको थियो ।


पुनर्निर्माण पछि सिंहदरबारस्थित भवनमा सारिएको छ । मन्त्रालयले आइतवार जारी गरेको सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रवाह हुने सेवा भदौ ३१ गतेदेखि केशरमहलबाट हुँदै आएकोमा कार्तिक १६ गते दिनको ३ः०० बजेदेखि शिक्षातर्फका महाशाखा÷शाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन हुने जनाएको छ ।


तर विज्ञानतर्फका महाशाखा÷शाखाबाट प्रवाह हुने सेवा हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने र मन्त्रालयका सानोठिमीमा रहेका वैदेशिक अध्ययन अनुमतिपत्र शाखा ९एनओसी०, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा पूर्ववत स्थानबाटै निरन्तर सुचारु रहेको मन्त्रालयले जनाएको छ ।