नेक्सस इन्टरनेसनल एकेडेमी द्वारा पिपिइ सहयोग


काठमाडौं ३ बैशाख – नेपालमा पनि विस्तरै कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको बेला नेक्सस इन्टरनेसनल एकेडेमीले पिपिइ वितरण गरेको छ ।


कोरोनाभाइरसका कारण पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) अभाव भएपछि नेक्सस् इन्टरनेसनल ऐकेडेमिले सुरक्षामा खटिएका प्रहरीका लागि पिपिई प्रदान गरेको छ । माहानगरिय ट्राफिक प्रहरि एसपि रजकुमार वैदवारलाई उक्त पिपिइ हस्तान्तरण गरिएको हो ।

पिपिइ हस्तान्तरण गर्दे आरबी कट्वाल

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापालाई पनि उक्त पिपिइ प्रदान गरेको छ । नेक्सस इन्टरनेसनल एकेडेमीले पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा एकै परिवारको दुई जनामा कोरोनाभाइरस देखिए पछि अपाटर्मेन्ट रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्षलाइ कुन्दन खड्कालाई पनि उक्त पिपिइ हस्तान्तरण गरिएको हो ।

विश्व लगायत कोरोनाभाइरस संक्रमितको संख्या नेपालमा पनि विस्तरै बढिरहेका बेला सुरक्षामा खटिएका व्यक्तिहरु कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा हुने भएकाले त्यसबाट सुरक्षित रहनको लागि केहि पिपिइ सहयोग गरेको नेक्सस इन्टरनेसनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारि दिए ।