साना बालबालिकाको लागि निःशुल्क नेपाली वर्णमाला एप


काठमाडौं/३ बैशाख – कोरोना भाइरसका कारण देश पूर्ण रुपमा लकडाउनमा छ । यसैलाई मध्यनजर गर्दै फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निःशुल्क नेपाली वर्णमाला डिजिटल एप सार्वजनिक गरेको छ । जसले साना बालबालिकाको दैनिक पठनपाठनमा सहयोग गर्ने छ ।


‘नेपाली वर्णमाला नेपाली बालबालबालिका लागि तयार पारिएको नेपाली डिजिटल एप हो’, एपमा बालबालिकाको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएका पाठ्यक्रम राखिएका छन् । खेल र मनोरञ्जनमा पनि यो एपले मद्दत पुर्याउने छ ।


भिडियो तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बालबालिकाको ध्यान केन्द्रीत गराउन यो एपले मद्दत पुर्याउने विश्वास गरिएकाे छ ।


एपमा रहेको नेपाली वर्णमालामा सात सूची समावेश गरिएको छ । त्यसमा नेपाली व्यन्जनवर्ण, नेपाली स्वर वर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन र ध्वनी दर्शन रहेका छन् ।


साथै हाल उक्त एपमा बालबालिका लागि कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भन्ने जनचेतनामूलक सन्देश पनि राखिएको छ ।
https://play.google.com/store/apps/details?id=com.fest.barnamala