कोरोनाभाइरसका कारण बन्द गरिएका डेनमार्कका विद्यालयहरु खोल्ने तयारि


काठमाडौ/३ बैशाख – कोरोनाभाइरसका कारण मार्च १२ गते देखि बन्द भएका डेनमार्कका विद्यालयहरु अप्रिल १५ देखि खुल्ने भएका छन् ।


पुर्ण रुपमा लकडाउन नगरिए पनि एक महिना देखि डेनमार्कका सबै विद्यालयहरु बन्द गरिएका थिए । कोरोनभाइरस संक्रमितको संख्यामा कमि आए संगै त्याहाको सरकारले कोरोनभाइरस कारण बन्द गरिएका विद्यालय अप्रिल १५ बाट खोल्ने तयारी गरेको हो । ० कक्षा देखि ५ सम्मका शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू मात्र खोल्ने डेनमार्क सरकारले निर्णय गरेको हो ।


पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरु मात्र खुलाउने तयारि भएको छ । सुरक्षित तरिकाले कसरि विद्यालय संचालन गर्ने भन्ने कुरा नगरपालिकामा भरपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।


अप्रिल १५ सम्ममा १२४ शिशु स्याहार केन्द्र र २४ सामुदायीक विद्यालय खोल्नको लागि शिक्षक विद्यालय पुर्णरुपमा तयारि भएको कोपन हेगनका मेयर फ्रेङक जेनसेनको भनाई छ । उनले भने हामि विद्यालय खोल्न पुर्णरुपमा तयारि गरिसकेका छौ विद्यार्थीहरुलाई स्वागत गर्न हामि आत्तुर छौ ।

कोरोनभाइरसका कारण बन्द गरिएका विद्यालय पुन खोल्न निम्न कुरामा ध्यानदिनु पर्ने छ
१. सरसफाई र खानामा विशेष ध्यान दिनु पर्ने छ ।
२. विद्यालयमा सामाजिक दुरि कायम राख्नु पर्ने छ ।
३. दैनिक रुपमा विद्यालयले सरसफाईमा ध्यान दिनु पर्ने छ ।
४. यो अवस्था रहुन्जेल सम्म वालवालिकाले खानाको व्यवस्था घरबाटै गर्नु पर्ने छ ।
५.विद्यालयहरु विहान ७ वजे देखि ४ः३० सम्म मात्र खोल्नु पर्ने छ ।
६.विद्यालयमा विद्यार्थीलाइ एकै ठाउँमा वा हलमा राखेर कुनै कार्यक्रम गर्न पाइने छैन ।