अष्ट्रेलियामा रहेका विद्यार्थीका लागि एक्स्पर्टको ‘कोभिड–१९ एक्स्पर्ट’ राहत कोष

काठमाडौं/बैशाख २– एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा रहेका विद्यार्थीहरुका लागि दुई लाख डलरको ‘कोभिड–१९ एक्स्पर्ट’ राहत कोष स्थापना गरेको छ ।
नेपाल लगायतका विभिन्न देशबाट शैक्षिक परामर्श दाता कम्पनी मार्फत अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई कोरोना प्रकोपले प्रत्यक्ष असर पुर्याएको छ, उनिहरुको पढाई, पछी बचेको समयमा काम गर्दै आफ्नो जीवन चलाउदै आएका उनीहरूको यतीवेला काम बन्द भएको छ उनिहरु संकटमा पर्ने सम्भावना रहेकाले राहत कोष स्थापना गरेको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले जनाएको छ ।
विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो प्रभाव पर्न गै सिंगो मानवजाति नै अहिले असहज परिस्थिती बाट गुज्रिरहेको अवस्थामा अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न दुर्इ लाख डलरको ‘कोभिड–१९ एक्स्पर्ट’ राहत कोष स्थापना गरेको एक्स्पर्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, कोरोना भाइरसको महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तर्रास्ट्रिय विद्यार्थीका अविभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका विद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलार्इ पनि मध्यनजर गर्दै यो निर्णय गरिएको छ । एक्स्पर्ट एजुकेशन एंड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्रास्ट्रिय विद्यार्थीहरु प्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट एक लाख ५० हजार अस्ट्रेलियन डलर वहाँहरुको सहयोगका लागि छुट्याइएको छ भने अन्य अन्तर्रास्ट्रिय विद्यार्थीहरुको सहयोगमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी ५० हजार अस्ट्रेलियन डलर छुट्याइएको विज्ञप्तिमा जनाइएको छ ।
अस्ट्रेलियामा अध्ययनरत अन्तर्रास्ट्रिय विद्यार्थीहरुमा पर्न सक्ने प्रभाव न्यूनिकरणका लागि अस्ट्रेलियन सरकार र राज्य सरकारहरु अन्तर्गतका विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु र शैक्षिक संस्थाहरुले ल्याएका विभिन्न कार्यक्रमहरुबाट विद्यार्थीहरुलाई केहि हदसम्म भएपनि सहयोग पुग्ने हामीले विश्वास पुग्ने एक्स्पर्टको भनार्इ छ । विद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुका बारेका हाम्रो व्यवसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसँग आफ्नो तर्फबाट हामी नियमित परामर्शमा रही विद्यार्थीहरूको तर्फबाट पैरवी गरिरहेको र विद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुना साथ विद्यार्थीहरुलाई जानकारी गराइरहेको र यसलाई निरन्तरता दिने विज्ञप्तिमा भनिएको छ ।