काठमाडौं/२९ चैत – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी अनलाइन कक्षा सुरु गरेको छ ।
शुक्रबारबाट नगरपालिकाले अनलाइन कक्षा सुरु गरेको हो । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कक्षा सञ्चालन हुनेछ । अनलाइन कक्षामा विषयविज्ञ शिक्षकहरुले विद्यार्थीहरुलाई पढाउने व्यवस्था गरिएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यका अनुसार विद्यार्थीहरुले आफ्नै घरबाट मोबाइल एप जुम, तिलोत्तमा नगरपालिकाको फेसबुक पेज वा युट्युबबाट कक्षा लिन सक्ने बताए । उनले अनलाइन कक्षामा एकचोटिमा बढीमा ४० जनासम्मले प्रश्नोत्तर सक्ने जानकारी दिए । कोरोना भाइरसका कारण विद्यालय बन्द भएसँगै विद्यार्थीको पढाईलाई प्रभावित नपर्न अहिले विद्यालय, स्थानीय तहहरुले अनलाइन मार्फत पठनपाठन सुरु गरेका छन् ।