त्रिविका १० सेवा अनलाइनबाटै

काठमाडौंं/६ असार – त्रिभुवन विश्वविद्यालयले प्राविधिक कारणले बन्द भएको अनलाईन सेवा पुन सुचारु गर्ने भएको छ । विश्वविद्यालयले अनलाईन आवेदन फारमको व्यवस्था गरेकोमा प्राविधिक समस्या आएपछि गत माग १५ गतेदेखि बन्द गरेको थियो ।


अहिले इआईएकएस प्रविधिको प्रयोग अन्तिम चरणमा पुगेको र गत बैशाख २ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयको वेभसाईटमा लगइन गरी ट्रान्सक्रिप्ट आवेदन फारम अनलाईन माध्यमबाट भर्ने भराउने प्रक्रिया अनलाईन भुक्तानी सेवाहरू सफलतापूर्वक परीक्षण भई सकेको जनाएको छ ।


विद्यार्थीले असार १५ गतेदेखि आफ्नै अनलाईन पोर्टलबाट अनलाईन माध्यमबाट प्राप्त गर्न सक्ने त्रिविको भनाई छ । त्रिवि रष्ट्रिेशन आवेदन फाराम, परक्षिा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मल प्रमाणपत्र, पूर्नयोगका लागि आवेदन फारम, शैक्षिक कागजातमा नाम थर रजिष्ट्रेशन लगायत सच्याउने फाराम, विभिन्न सिफारिस पत्रहरू, प्रमाण पत्रहरूको प्रमाणीकरण, प्रतिलिपि ट्रान्सक्रिप्ट र मार्कसिटका लागि अनलाइनबाटै प्राप्त गर्न सकिने छ ।


विद्यार्थीहरूका सुविधाका लागि भन्दै विश्वविद्यालयले २०७५ साल देखिनै अनलाईन दीक्षान्त फाराम र टियुइआईएमएस प्रविधिको प्रयोग गरी रजिष्ट्रशन र विए विएडको ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो । अनलाईनमा प्राविधिक समस्या आएपछि गत माग १५ गतेदेखि सेवा कन्द भएको थियो ।