केयुको उपकुलपतिमा वाग्ले

काठमाडौं/४ चैत – काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।


वाग्ले यसअघि काठमाडौ विश्वविद्यालयको रजिष्ट्रारका रुपमा कार्यरत थिए भने गात माघ ६ गते उपकुलपति प्रा.डा.भोला थापाको कार्यकाल सकिएपछि उनलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।फाइल फोटो