काठमाडौं/१८ चैत–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सम्बन्धी परियोजना प्रस्ताव पठाउने म्याद थपेको छ ।
केन्द्रले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीका कारण तत्काल कार्यपालिकाको बैठक बसी प्राथमिकता निर्धारण गर्न कठिनाई भएको विभिन्न स्थानीय तहको गुनासोपछि म्याद थप गरेको हो । केन्द्रले चैत ३० गतेसम्मका लागि म्याद थप गरेको हो । केन्द्रका अनुसार तत्काल स्थानीय तहको कार्यपालिकाको बैठक बस्न सम्भव नभएमा स्थानीय तहमा संकलित प्रस्तावहरुको नगरप्रमुख वा गाउँपालिका अध्यक्षस्तरबाट प्राथमिकता निर्धारण सहित निर्णय गराई प्रस्ताव पठाउन आग्रह गरेको छ । केन्द्रले यसअघि चैत १५ गतेसम्म परियोजना प्रस्ताव पठाउने म्याद तोकेको थियो । तर, सरकारले चैत ११ गते लकडाउन गरेका कारण निर्धारित समयमा विवरण पठाउन कठिनाई भएपनि म्याद थप गरेको जानकारी दिएको छ ।
परियाेजना प्रस्ताव पठाउने सूचना र ढाँचा
https://www.doe.gov.np/assets/uploads/files/befba2c0c1d8680138054a9d416321ff.pdf