शिक्षक र विद्यालय कर्मचारीलाई एक दिनको तलब कोभिड–१९ राहत कोषमा जम्मा गर्नुपर्ने

काठमाडौं/१९ चैत–नेपाल शिक्षक महासंघले सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सरकारले स्थापना गरेको कोभिड–१९ राहत कोषमा एकदिन बराबरको पारिश्रमिक रकम जम्मा गर्न आग्रह गरेको छ ।
महासंघले महासंघमा आवद्ध रहेका संघ संगठनका सबै समितिहरुलाई नेपाल सरकारबाट स्थापना गरिएको कोभिड–१९ राहत कोषमा जम्मा हुने गरी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको तोकेको बैंक खातामा जम्मा गर्न आग्रह गरेको छ ।

Image may contain: text

Leave a Reply

Your email address will not be published. Required fields are marked *