काठमाडौं /१७ चैत–कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले मावि तहसम्मका निजी विद्यालयहरुले आवासबाहेक अरुमा एक महिनाको शुल्क छुट दिनुपर्ने बताएका संगै निजि विद्यालय छाता संगठन प्याब्सन र ऐन प्याब्सनले सरकारले आफु खुसि घोषणा गरेको आरोप लगाएका छन् ।
यो विषम अवस्थामा सरकारको निर्णय स्वागतयोग्य भए पनि आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएका छन् । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था,जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ ।
त्यसै गरि एन प्याब्सनका अध्यक्ष ऋतुराज सापाकोटाले सरकारले यस्तो अवस्थामा गरेको निर्णय स्वागत योग्य भएपनि यो पालना गर्ने वा नगर्ने भन्ने विषयमा लकडाउन खुलेपछि मात्रै जानकारी हुने बताउनुभयो ।
राहतको प्याकेज घोषणा संगै सरकारले निजी विद्यालयहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको हो ।