निजी विद्यालयले एक महिनाको शुल्क छुट दिनुपर्ने

काठमाडौं/१७ चैत–निजी विद्यालयहरुलाई एक महिनाको शुल्क छुट दिन सरकारले निर्देशन दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले मावि तहसम्मका निजी विद्यालयहरुले आवासबाहेक अरुमा एक महिनाको शुल्क छुट दिनुपर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *