अदुवा
अदुवालाई घरेलु औषधीको रुपमा हजारौ वर्ष अघि देखि प्रयोग गरिदै आएको पाईन्छ । अदुवामा पाइने जिंगेरोल नामक तत्व एकदमै शक्तिशाली हुन्छ । पेट दुख्ने, पखाला लाग्ने, रुघाखोकीको लागि औषधीको रुपमा प्रयोग गर्न सकिन्छ साथै यसले वान्ता आउन काम गराँउछ । र महिनावारी हुुदाँ यसलाई पिसेर खाएमा पेट दुख्न कम हुन्छ । तथापि सधै यसको प्रयोगले निको हुन्छ भन्ने हुदैन । त्यसैले डाक्टरको सल्लाहले प्रयोग गर्दा उचित हुन्छ ।
बेसार
बेसार पनि एक घरेलु औषधीको रुपमा प्रचलित छ । रुघाखोकी लाग्दा तातो पानीमा थोरै बेसार मिसाएर खाएमा निको हुन्छ । त्यसैगरी छालामा दाग भए बेसार कम गर्न मद्दत गर्छ । जे कुरामा पनि बेसार खान उचित हुदैन, धेरै प्रयोग गर्नाले यसले पाचन प्रणालीमा समस्या उत्पन्न गर्न सक्छ ।
मह
मह स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई फुर्तिलो बनाउन मद्दत गर्छ । त्यसको साथै खोकी लागेको बेलामा तातोपानीमा एक चम्चा मह मिसाएर खाएमा खोकी सन्चो हुन्छ । महले हाम्रो शरीर फिट बनाँउछ ।
पुदिना
पुदिनालाई हामी औषधीको रुपमा पनि प्रयोग गर्न सक्छौं । पुदिनामा दुखाइ कम गर्ने क्षमता हुन्छ । पुदिनाले हाम्रो शरीरको मुखको दुगन्धलाई कम गर्न सक्छ । यसलाई अन्नबालीमा छर्किएमा किरहरु लाग्दैन् ।
बदाम
बदाम पौष्टिक तत्व युक्त खानेकुराको हो । बदाममा पाइने ट्राइपटोफन नामक तत्वले डिप्रेसन विरुद्ध लड्न सहयोग पुराउछ । बदामले स्ट्रोकको खतरामा पनि किम ल्याउछ । बदाममा हुने विभिन्न उन्ति अक्सिडियन्ट र खनिज तत्वले गर्दा हर्ट स्ट्रोक वा मुटु सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
करेला
तिते करेला निकै तितो भएको कारणले धेरै जनालाई मन नपर्न सक्छ । करेलाले शिलक खाद्य पदार्थ हो । यसको कारणले गर्मी याममा करेला खानु स्वस्थ्यको लागि निकै फाइदा जनक हुन्छ । पक्षघात भएकोले काँचो करेला खुाँदा उसको स्वस्थ्यलाई राम्रो गर्छ । यसैगरी बान्ता, शैजा, आदि भएको समयमा पनि यसको रसमा थोरै पानी र कालो नुन छरेर खाँदा तुरुन्त लाभ मिल्छ ।