लकडाउनकाे समयलाई यसरी सदुपयाेग गर्ने कि ?

काठमाडौं/१२ चैत–कोरोना भाइरसको महामारीका कारण अहिले नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । चैत ११ गतेदेखि एक हप्ताका लागि नेपालमा लकडाउन घोषणा गरिएको छ । लकडाउन भएसँगै मानिसहरु घरमै बसिरहेका छन् । व्यस्त जीवनशैली बिताइरहेका मानिसहरु अहिले फुर्सदिला छन् । उनीहरुमा के गरेर दिन कटाउने भन्ने अन्योलता छ ।

इन्टरेनट प्रयाेग गरेर पुस्तक पढ्ने

धेरै मानिसहरु इन्टरनेट प्रयोग गरेर सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । गीत सुनेर, फिल्म हेरेर पनि दिन कटाइरहेका छन् । तर, यो समयलाई सदुपयोग गरी अध्ययनशील बनाउन पनि सकिन्छ । कसरी ? तपाईको मनमा प्रश्न उब्जेको होला । तपाई सँग भएको कोर्ष बुकहरु तपाईलाई पढ्न मन छैन । तपाई सँग भएको उपन्यास बुक, साहित्यक बुक वा भन्नु जुकसुकै बुक तपाईले पढिसक्नु भयो । बजारमा गएर पुस्तक किन्नका लागि लकडाउन छ । अब कसरी यो समयलाई अध्ययनशील बनाई, ज्ञानको दायरालाई फराकिलो बनाउने त ?
चिन्ता नलिनुहोस् । इन्टरनेटको प्रयोग गरेर हामी घरमै बसेर पुस्तक पढ्न सकिन्छ । अंग्रेजी, नेपाली दुवै भाषाका विभिन्न पुस्तकहरु हामी अध्ययन गर्न सक्छौं । इन्टरनेटमा पुस्तक पढ्नका लागि यी साइटहरुमा जान सकिन्छ ।
ओएलई नेपालस् ई–पुस्तकालय
यो साइटमा हामीले नेपाली र अंग्रेजी भाषाका विभिन्न पुस्तकहरु पढ्न सक्छौं । यहाँ तपाईले विशेषगरी नेपाली साहित्यका चर्चित पुस्तकहरु पाउनुका साथै नेपाली बाल साहित्य, अंग्रेजी साहित्य आदि उपलब्ध छ । https://pustakalaya.org/en/community/literatures-and-arts/#cat-1
पीडीएफ ड्राइभ
यहाँ अंग्रजी मूलतः अंग्रजी र अन्य विदेशी भाषाका किताब पढ्न सकिन्छ । अंग्रेजी साहित्यमा रुची हुने मानिसहरुले यो साइट प्रयोग गर्न सक्छन् । यहाँ ११ करोड १२ लाख भन्दा बढी पुस्तक उपलब्ध छन् ।
लकडाउनको समयलाई सदुपयोग गर्न तपाईहरुले यो दुईटा साइट मध्येबाट आफूलाई उपयुक्त हुने साइट प्रयोग गरी पुस्तक पढि मज्जा लिन सक्नुहुन्छ । https://www.pdfdrive.com/

फिल्म हेर्न
यो समय हामी फिल्म हेरेर पनि सदुपयोग गर्न सक्छौं । फिल्म पनि मनोरञ्जनका लागि उत्कृष्ट माध्यम हो । तर, हामी फिल्म हेर्दा मनोरञ्जन लिने हिसाबले मात्र हेर्नु भन्दा पनि ज्ञानबद्र्धक फिल्म हेर्नुपर्छ । फिल्मबाट केही नयाँ कुरा सिक्ने मनसायले फिल्म हेर्नु उपयुक्त हुन्छ । हाम्रो दिमागले सुनेको कुराभन्दा हेरेका कुरा लामो समय सम्म याद राख्छ । त्यसैले, सन्देशमूलक र जानकारीमूलक फिल्म छनोट गरी समयलाई सदुपयोग गर्न सकिन्छ ।

रचनात्मक कार्य गर्ने
लकडाउनको समयलाई सदुपयोग गर्न हामी रचनात्मक कार्य पनि गर्न सक्छौं । घरमै भएका सामानहरुको प्रयोग गरी विभिन्न सामानहरु बनाउने र गृह सजावट गर्ने । पेपर, कपडा र पुनः प्रयोग गर्न मिल्ने सामानबाट हामी विभिन्न सजावटका सामानहरु बनाउन सक्छौं । यदि हामी आउँदैन भने हामीले यसका लागि इन्टरनेटको प्रयोग गरी युटुबमा हेरेर सिक्न सक्छौं । यसले तपाईमा रचनात्मक क्षमताको विकास गर्छ ।
लकडाउनको समयमा घरबाट बाहिर जान नमिल्ने भएकाले हामीले घरमै बसेर समयको सदुपयोग गर्नुपर्छ । यसबाहेक हामी, खाना बनाउन सिक्ने, घर सरसफाई गर्ने, घरका सामानहरु मिलाउने जस्ता कामहरु गर्न सक्छौं । यसोगर्दा शारीरिक अभ्यास पनि हुन्छ भने शरीर फुर्तिलो रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *