प्याब्सन र मिडासबीच एक महिना ई–क्लास निःशुल्क चलाउने सहमति


काठमाडौं/११ चैत–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र मिडास एजुकेशन प्रालिबीच मिडास ई–क्लास एप एक महिनाका लागि निःशुल्क प्रदान गर्ने सहमति भएको छ ।
बालबालिकाहरुको घरभित्रको बसाँइलाई रमाईलो बनाउँदै कक्षाअनुसारको सिकाईलाई निरन्तरता दिनका लागि प्याब्सन र मिडासबीच यस्तो सहमति भएको हो । कोरोना भाइरसको संक्रमणका कारणले अहिले विद्यालयहरु बन्द छन् । जसको प्रत्यक्ष प्रभाव ७० लाख स्कुले बालबालिकाहरुमा परिरहेको छ । बालबालिकाको सिकाईको अवसर नरोक्यिोस् भने उद्देश्यका साथ यो एप कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले एक महिना निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरिएको हो ।
यो एपको प्रयोग गरेर बालबालिकाहरु घरभित्रै पठनपाठन र रचनात्मक कार्य गर्न सक्छन् । यो एप प्ले स्टोरमा गएर डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।