उपत्यकाका दुई हजार भन्दा बढी कक्षाकोठा क्वारेन्टाइन बनाइने, ६३ आंगिक क्याम्पस क्वारेन्टाइन बनाउँदै त्रिवि

काठमाडौं/११ चैत–निजी विद्यालयहरुले क्वारेन्टाइनका लागि दुई हजार भन्दा बढी कक्षाकोठा दिने भएका छन् ।
प्याब्सन, एन–प्याब्सन र हिसानले आपसी समन्वय गरी उपत्यकामा रहेका ६९ शैक्षिक संस्थाको दुई हजार एक सय पाँच कक्षाकोठा क्वारेन्टाइनका लागि उपलब्ध गराउन सकिने सूची प्रस्ताव गरी बुझाएका छन् । उनीहरुले पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदललाई विद्यालयको विवरण तयारी गरी बुझाएका हुन् । प्याब्सनले देशभर १० हजार कक्षाकोठा उपलब्ध गराउने जनाएको छ भने हिसानले पनि देशभर पाँच हजार कक्षाकोठा क्यारेन्टाइन उपलब्ध गराउन सकिने बताएको छ । त्यस्तै, एन–प्याब्सनले आवश्यकता अनुसार सरकारलाई कक्षाकोठा उपलब्ध गराउन तयार छ ।
क्वारेन्टाइनका लागि विद्यालयहरु सुरक्षित स्थाल भएको भन्दै सुझाव आउन थालेपछि मन्त्रालयले हिसान, प्याब्सन र एन–प्याब्सनका पदाधिकारीलाई बोलाएर यकिन विवरण माग गरेको थियो ।



उपत्यकाका कुन विद्यालयको कति कक्षाकोठा प्रस्ताव ?
लिटिल एन्जल्स कलेज १००
बूढानीलकण्ठ स्कुल १००
एड्भान्स इन्जिनियरिङ कलेज २५
भक्तपुर निस्ट २०
ब्रिलियन्ट एजुकेसनल सेकेन्डरी स्कुल २०
क्यानभास इन्टरनेसनल कलेज ३०
क्यास्पियन भ्याली कलेज ३५
सिसिआरसी कलेज ५०
कसमस कलेज ३०
चाणक्य कलेज अफ म्यानेजमेन्ट २५
एडमार्क स्कुल २५
आइन्स्टाइन एकेडेमी कलेज २५

एभरेस्ट कलेज २०
जेम्स स्कुल ५०
ग्लोबल कलेज अफ म्यानेजमेन्ट ४०
गोल्डेनगेट इन्टरनेसनल कलेज ६०
ग्रिनफिल्ड नेसनल स्कुल २०
हेराल्ड इन्टरनेसनल कलेज ५०
हिमालय कलेज ३०
हिमालयन इन्जिनियरिङ कलेज ३५
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल ३०
हृत एकेडेमी २५
जुबिलेन्ट कलेज २०
कान्जिरोवा नेसनल स्कुल २५
काठमाडौं भ्याली कलेज २०
किस्ट कलेज ३०
केएमसी कलेज ४०
केएमसी कलेज ३०

लिंकन कलेज २०
मनकामना सेकेन्डरी स्कुल ३०
मेधावी कलेज २०
माइलस्टोन इन्टरनेसनल कलेज ३०
मोडर्न बोर्डिङ स्कुल २५
मोर्गन इन्टरनेसनल कलेज ४०
नवजीवन एजुकेसनल एमेडेमी २०
नवोदित विद्याकुञ्ज मावि २५
नेपाल मेगा कलेज ३०
एमसिआइटी २५
निस्ट कलेज ३५
नोबेल एकेडेमी ३०
पाठशाला नेपाल फाउन्डेसन २५

पेन्टागन इन्टरनेसनल कलेज २५
पिनाकल एकेडेमी २०
प्रिसियस नेसनल एकेडेमी २०
प्रिमियर कलेज २०
रेन्बो इन्टरनेसन बोर्डिङ स्कुल २०
रिलायन्स इन्टरनेसनल एकेडेमी ३०
राइजिङ स्टार कलेज २०
समृद्धि कलेज २५

रेडन कलेज ३०
सी–बर्ड इन्टरनेसनल कलेज २५
साउथवेस्टर्न स्टेट कलेज ३५
सुप्रिम एकेडेमी २०
द टाइम्स इन्टरनेसनल कलेज ३५
ट्रिनिटी इन्टरनेसनल कलेज ५०
ट्रिटन इन्टरनेसनल कलेज ३०
यनाइटेड एकेडेमी २५
युनिभर्सल कलेज २५
भिएस निकेतन कलेज ४०
ह्वाइटफिल्ड इन्टरनेसनल कलेज ३०
जेभियर एकेडेमी सेकेन्डरी स्कुल २५
जेभियर इन्टरनेसनल कलेज ३०
त्रियोग स्कुल ३०
जेभियर इन्टरनेसनल स्कुल ३०
पाटन निस्ट सेकेन्डरी स्कुल २५

त्रिविले ६३ वटा आंगिक क्याम्पस क्वारेन्टाइनका लागि दिने

This image has an empty alt attribute; its file name is tu-main-office.jpg

त्रिभुवन विश्वविद्यालयले देशभरका ६३ वटा आंगिक क्याम्पस क्वारेन्टाइन बनाउनका लागि दिने जनाएको छ । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई देशभरका ६३ वटा आंगिक क्याम्पस र अन्य भवन प्रयोगका लागि दिन तयार रहेको जनाएका हुन् । उनले त्रिवि परिसरका दुई ठूला भवनमा तत्काल क्वारेन्टाइन बनाउन सकिने बताए ।