काठमाडौं/१० चैत–फ्रान्सबाट नेपाल आएकी १९ वर्षिया एक नेपाली विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी ती युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् । चैत ४ गते उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी थिइन् भने होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुघाखोकी परीक्षा गर्दा भाइरस पोजेटिभ देखिएको हो । उनको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा उपचार भई राखिएको छ ।