विद्यालय प्रशासन बन्द नगर्ने: भरतुर महानगरपालिका

काठमाडौं/१० चैत– चितवनको भरतपुर महानगरपालिकाले विद्यालय प्रशासन बन्द नगर्ने भएको छ ।
महानगरले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय प्रशासनको काम यथावत राख्न जनाएको छ । सबै विद्यालयलाई कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाललाई विद्यालय प्रशासन बन्द नगर्ने महानगरले निर्णय गरेको हो ।
महानगरले विद्यालय प्रशासन बन्द नगर्ने र प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा पूर्व सावधानी र सतर्कतासहित शिक्षकहरुको आन्तरिक व्यवस्थापन गरी वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा अन्य शैक्षणिक सुधारका मुलभूत कार्यहरु व्यवस्थित गर्ने गराउने पाउने जनाएको छ ।
तर, नेपाल सरकार, बागमती प्रदेश सरकार तथा नगर कार्यपालिकाबाट कुनै निर्णय भएमा सोही बमोजिम हुने महानगरको भनाई छ ।