त्रिवि अन्तर्गतका क्याम्पस र कार्यालय चैत २१ सम्म बन्द

काठमाडौं/१० चैत–त्रिभुवन विश्वविद्यालयका निकायबाट प्रदान गरिने अत्यावश्यक सेवासँग सम्बन्धित निकायहरु बाहेक अन्य सबै क्याम्पस÷कार्यालयहरुले आजदेखि चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ ।
त्रिविले आजबाट चैत २१ गतेसम्म त्रिविका निकायबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै कार्यालयहरु र क्याम्पसहरु बन्द गरिने जनाएको छ ।
त्रिवि सभा तथा कार्यकारी परिषद् सचिवालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरु आ–आफ्ना निकाय प्रमुखसँग सम्पर्कमा रहन र आवश्यक परेको अवस्थामा कार्यालय उपस्थित भई कार्य गर्न आग्रह गरेका छन् ।