काठमाडौं/१० चैत–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जापान साइन्स एण्ड टेक्नोलोजी एजेन्सी (जेएसटी) ले आगामी नोभेम्बरमा सञ्चालन गर्न लागेको साकुरा साइन्स प्लानमा नेपालबाट सहभागिताका लागि सामुदायिक माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ ।
जेएसटीले आगामी ८ देखि १४ नोभेम्बरमा सञ्चालन गर्न लागेको सो कार्यक्रमका लागि विद्यार्थी प्रतिनिधि छनोट गर्न मन्त्रालयले सबै सामुदायिक माध्यमिक विद्यालयलाई एक सूचना जारी गर्दै अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार कार्यक्रममा सामुदायिक विद्यालयमा विज्ञान विषय लिई कक्षा ११ मा अध्ययनरत नेपाली विद्यार्थीमध्येबाट कक्षा १० वा सो सरहको ग्रेडसिटमा उच्च अंक प्राप्त गरेका एक छात्र र एक छात्रालाई छनोट गर्न सकिनेछ ।




