घरमै बस्दा यसरी गर्ने कि परीक्षाको तयारी ?

काठमाडौं/१० चैत्र – कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अहिले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । विश्वमै आतंक मच्चाइरहेको कोरोना भाईरस संक्रमणका कारण विश्वका लगभग सवै देशका विद्यालय पुर्ण रुपमा बन्द छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले आएर लगभग संक्रमण मुक्त भएको छ । तर पनि चीनमा मात्र करिब २३ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । चीनका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने टेलिभिजनमार्फत् प्राथमिक तहका कक्षाहरू सञ्चालन गरिरहेको छ ।


कोरोनाभाइरसको संक्रमणका कारण अहिले सबैभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् । युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार विश्वमा करिब ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । कोरोनाभाइरसको संक्रमणको त्रास अहिले विश्वभरि नै फैलिरहेको छ । विभिन्न संघ–संस्थाहरूले कोरोना सम्बन्धि सतर्कता अपनाउन विभिन्न कार्यक्रम समेत गरिरहेको छन् । यस्तो अवस्थामा विश्वका सबै मानिस घर भित्रै थुनिएर आफ्नो दैनिकी गुजारि रहेका छन् ।
चैत्र ६ गतेदेखि तोकिएको एसईई परीक्षा पनि स्थगित भएको छ । भने सम्पुर्ण उच्च शिक्षा तथा विश्वविद्यालयका परिक्षा र पठनपाठन पुर्ण रुपमा बन्द गरिएका छन् । यस्तो अवस्थामा विद्यार्थीहरुले घरमै बसेर परिक्षाको तयारी गर्न सक्छन् । त्यसकालागि केही उपायहरु यस्ता छन् :


चिन्ता नलिने:
परीक्षालाई लिएर चिन्ता नलिने । परीक्षा आउने बित्तिकै विद्यार्थीहरु चिन्नित हुने गर्छन्, जुन राम्रो होइन । परीक्षाको समयमा चिन्तित हुँदा आफूले सिकेका र जानेको कुराहरु लेख्न सकिँदैन भने बिर्सने समस्या पनि हुन्छ । परीक्षामा जति चिन्त र तनाव लिन्छांै । त्यति नै परीक्षालाई असर गर्छ । त्यसैले चिन्ता र तनाव मुक्त भएर परीक्षा दिने ।


आत्मविश्वास बढाउने:
परीक्षाको समयमा अर्को आवश्यक कुरा भनेको आत्मविश्वास हो । आत्मविश्वास भएमा मात्र परीक्षार्थीहरुले राम्रो सँग पढ्न र परीक्षा दिन सक्छन् । आत्मविश्वासको कमी हुँदा डराउने, चिढचिढाउने र बिर्सने जस्ता बानी देखापर्छ । त्यसैले, आफूमा विश्वास राखी राम्रो गर्न सक्छु भन्ने भावनको विकास गर्नुपर्छ ।


समय तालिका बनाउने:
कुन विषय, कुन समयमा कति पढ्ने भनेर विषय अनुसार समय तालिका बनाउनुपर्छ । विद्यार्थीहरुले समय तालिका बनाउँदा आफूलाई गाह«ो लाग्ने विषयका लागि बढी र सजिलो लाग्ने विषयका लागि कम समय छुटाउनु पर्छ ।


ब्रेक लिने:
परीक्षा तयारी गर्दा परीक्षार्थीहरु एकोहोरो भएर पढि मात्र रहने बानी हुन्छ । एकोहोरो अध्ययनमात्र गरिरहँदा पढेका कुरा सम्झन र याद गर्न गाह«ो हुन्छ । त्यसैले समय समयमा ब्रेक लिँदै अध्ययन गर्नुपर्छ । अध्ययन गरेको हरेक ४५÷४५ मिनेटमा ब्रेक लिँदा राम्रो हुन्छ ।


लेख्दै अध्ययन गर्ने:
हामीमा अध्ययन गर्दा आवाज निकाल्दै पढ्ने बानी छ, जुन प्रभावकारी मानिदैन । यसरी पढ्दा पढेका कुराहरु याद गर्न गाह«ो हुन्छ । आफूले पढेका कुरा सम्झन र बुझ्न लागि लेख्दै अध्ययन गर्नु प्रभावकारी हुन्छ । तर, लेख्दा खेरी मुख्य मुख्य र महत्वपूर्ण कुराहरु मात्र लेख्नुपर्छ ताकी सम्झन सजिलो होस् ।


बिहानको समयमा पढ्ने:
कोहि विद्यार्थीमा नसुती नसुती रात रातभर पढ्ने बानी हुन्छ । तर, पढ्नका लागि बिहानको समय उपयुक्त मानिन्छ । बिहान पढ्दा दिमाग फ्रेस हुने हुदाँ सम्झन सजिलो हुन्छ । बिहान छिटो उठ्नका लागि राती छिटो सुत्नुपर्छ । अनि मात्र बिहान छिटो उठ्न सकिन्छ ।