एसईईका विद्यार्थीलाई पाठनपाठन जारी राख्न शिक्षक महासंघको अपिल

काठमाडौं/८ चैत–नेपाल शिक्षक महासंघले अप्रत्यासित रुपमा एसईई परीक्षा स्थागित भएपनि विद्यार्थीहरुलाई र्धैयका साथ अध्ययन जारी राख्न आग्रह गरेको छ ।
परीक्षाको सम्पूर्ण तयारी भएसकेको अवस्थामा परीक्षा स्थागित हुँदा विद्यार्थी र अभिभावकमा निराश पैदा भएको बताउँदै संघले, अभिभावकलाई आफ्ना बाबुनानीलाई ढाडस तथा उत्साह प्रदान गरी घरमा पठनपाठनको उपयुक्त वातावरण कायम गर्न अपिल गरेको छ ।
संघले दुर्गम क्षेत्रमा टाढा टाढा परीक्षा केन्द्र भएका कारण घर छाडेर परीक्षा दिन सम्बन्धित ठाउँमा पुगी सकेका विद्यार्थीलाई परेको मर्का प्रति दुःख व्यक्त गरेको छ ।
सहज वातावरण सिर्जना भई यथाशीध्र परीक्षा सञ्चालन हुने कुरामा महासंघ आशावादी रहेको महासंघले जनाएको छ । साथै, कोरोना भाइरसको सम्भावित महामारीबाट जोगिन आवश्यक तयारी र सतर्कताको लागि आ–आफ्ना स्थानमा सक्रिय रहन सबै शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई अनुरोध समेत गरेको छ ।