एक महिना विद्यार्थीलाई खाना खुवाउँदै एनआरएन अस्ट्रेलिया

काठमाडौं/७ चैत–नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रलिया आएर कोरोना भाइसकाृ समस्याबाट प्रभावित नेपाली विद्यार्थीलाई गैर–आवासीय नेपाली संघले विद्यार्थीलाई एक महिना निःशुल्क खाना खुवाउने भएको छ ।
संघले अस्ट्रेलियाभर छरिएर रहेका नेपाली विद्यार्थीको हितका लागि एक महिना सम्म निःशुल्क खाना खुवाउन लागेको हो । संघका प्रवक्ता नन्द गुरुङले विद्यार्थीका लागि एक महिना र अन्यलाई पन्ध्र दिनको खाना खुवाउने व्यवस्था गरिएको बताए ।
अस्ट्रेलियाले अनिवार्य रुपमा आइसोलेसनमा बस्नु पर्ने नीति बनाएपछि अध्ययनका लागि अस्ट्रेलिया गएका विद्यार्थीहरुलाई समस्या भएको छ । एनआरएनको कल्याणकारी योजना अनुरुप विद्यार्थी र उनीहरुको समस्यालाई ध्यानमा राखेर खानपिनको संघले खानपिनको व्यवस्था गर्न लागेको हो । अस्ट्रेलिया नेपालबाट उच्च शिक्षा आर्जन गर्न चाहाने विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्य हो ।