त्रिविको शिक्षाध्यक्षमा प्रा.डा. भुषाल

काठमाडौं/९ चैत–त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पदमा प्रा.डा. शिवलाल भुषाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले त्रिवि ऐन २०४९ को दफा १९ को उपदफा (१) बमोजिम प्रा.डा. भुषाललाई शिक्षाध्यक्षमा नियुक्ती गरिएको हो । शिक्षाध्यक्षको पदाधि चार वर्षको हुनेछ ।
ढाकावाङ्, ९ अर्घाखाँचीका प्रा.डा. भुषाल मानविकी तथा सामाजिक शास्त्र संकायका डीन थिए । अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका उनले चैत ७ गते त्रिवि शिक्षाध्यक्षको कार्यालयमा पदवहाली गरेका हुन् ।