काठमाण्डौंर ७ चैत्र– कोभिड १९ नामक कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर सम्पूर्ण विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको बेला काठमाडौं लगायत मुलुका केहि विद्यालयले भर्ना कार्यक्रम सञ्चालन गरेका छन् ।
गत चैत्र ५ गते नेपाल सरकारले यस बर्षको एस.ई.ई. परीक्षा लगायत बाल–विकास केन्द्र (एचभ(एचष्mबचथ) देखि विश्वविद्यालय स्तर सम्मको परीक्षाहरु स्थगन गर्ने र शैक्षिक संस्थाहरुमा नयाँ भर्ना लगायतका सबै प्रकारको गतिविधि हाल लाइ बन्द गर्न सबै शैक्षिक संस्थालाई निर्देशन दिएको थियो ।
सरकारको उत्त निर्देशनलाई विचार नपु¥याई राजधानी लगायत मुलुकको अन्य क्षेत्रमा केहि निजी विद्यालयहरुले आगामी शैक्षिक सत्रका निम्ति भर्ना कार्यक्रम सुचारु राखेको हुनाले यस्ता कार्य तत्कालबन्द गरी कोरोना भाइरस विरुद्धको अभियानमा सहभागीहुन प्याब्सन केन्द्रिय कार्यसमितिले अपिल गरेको छ । साथै, यस विषम घडिमा एउटा जिम्मेवार संगठन भएको नाताले परिस्थिति सँग जुध्न प्याब्सन हर प्रकारको सहयोग गर्न तत्पर रहेको माहासचिब कुमार घिमिरेले बताए ।