एसईईका विद्यार्थीलाई निःशुल्क घर पठाउँदै

काठमाण्डौं/६ चैत्र– स्याङ्जाको फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरसम्म निःशुल्क पु¥यादिने व्यवस्था गरेको छ ।
एसईई परीक्षा स्थगित भएपछि विद्यार्थीहरूको सुविधाको लागि सो गाउँपालिकाले आज विहानदेखि नै निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पु¥याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिएका छन् ।
कोभिड–१९को जोखिमलाई मध्यनजर गर्दै सरकारले बुधबार साँझ परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पु¥याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।
यसपटकको सो परीक्षामा देशभर कुल ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने जनाइएको थियो । तर कोरोना भाईरस संक्रमणको त्रासका कारण तत्काल परीक्षा स्थगित गरी सरकारले सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।