काठमाडौं/२४ भदौं – शैक्षिक परामर्श क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको हब इन्टरनेशनल एजुकेसनले भदौं २५ गते मंगलबार ‘ग्राण्ड मल्टि–डेस्टिनेसन एडमिशन डे २०२४’ आयोजना गर्ने भएको छ ।
भदौं २५ र २६ गरी दुई दिन आयोजना हुने यस कार्यक्रमा उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी तथा आफूलाई लागेको जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गर्ने छन् ।
मंगलबार हत्तीसारस्थित केन्द्रीय कार्यालय कार्यक्रम हुने छ भने बुधबार कुमारीपाटीमा हुने हबले जनाएको छ । उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकले विश्वभरका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिसँग आफूले जान चाहेको देश, विश्वविद्यालय र त्यहाँको शैक्षिक प्रणालीलगायत विभिन्न विषयमा जानकारी लिन सक्ने छन् ।
कार्यक्रममा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने हबले जनाएको छ । यस्तै कार्यक्रममा सहभागीमध्ये केही विद्यार्थीले सतप्रतिशत छात्रवृत्ति र आवेदन शुल्क छुट पनि पाउने हबले जनाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न पुरस्कारसमेत जित्ने हबले जनाएको छ ।