काठमाण्डौं/५ चैत्र– कोभिड १९ नामक कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर सम्पूर्ण विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले पठनपाठन रोक्ने निर्णय गरेको हो ।
सो बैठकको निर्णय अनुसार २०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गईरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रूपले सम्पन्न गर्ने तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरिएको छ ।