काठमाण्डौं/५ चैत– भोली देखि सञ्चालन हुने एसईई परीक्षामा रुपन्देही जिल्ला अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट सबैभन्दा बढी विद्यार्थीहरूले एसईई परीक्षा दिने भएका छन् ।
नेपालको रुपन्देही जिल्लाबाट १७,४६४ विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन् । त्यसमध्ये पनि सो जिल्लाबाट सबैभन्दा बढी एसईई परीक्षामा सहभागी गराउने विद्यालय कालिका मानवज्ञान मा.वि.बाट ४९८ जनाले विद्यार्थीहरूले परीक्षा दिने भएका छन् । रुपन्देही जिल्लामा मात्र एसईई परीक्षामा सहभागी हुने विद्यालय ३१७ वटा रहेका छन् ।
कोरोना भाईरसको सन्त्रास र यसबाट विद्यार्थीहरूमा पर्न जाने मनोविज्ञानलाई मध्यनजर गर्दै एसईई विद्यार्थीहरूका लागि कालिका मानवज्ञान विद्यालयले अस्पताबाट नै स्वास्थ्यकर्मी बोलाएर स्वास्थ्यमूलक तथा जनचतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
वि. सं. २०७१ सालबाट लगातार रूपमा ५ पटक सम्म शिक्षा मन्त्रालयबाट राष्ट्रिय ध्वजा प्राप्त गर्न सफल यस कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेकाले पनि विद्यार्थीको आकर्षण बढ्दो छ । समानान्तर कक्षा सहितको विद्यालय बनाउने नारा रहेको सो विद्यालयमा वर्षेपिच्छे हुने एसईई परीक्षामा विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गरिरहेका छन् ।
यस वर्षको माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षामा साढे ४ लाख बढी विद्यार्थी सहभागी हुँदैछन् । चैत ६ गतेबाट सुरु हुन लागेको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ जना परीक्षार्थी सहभागी हुने लागेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।