वार्षिकोत्सव अवसरमा हबले बेलायत जाने विद्यार्थीलाई निःशुल्क ल्यापटप दिने

काठमाडौं/७ भदौं – हब इन्टरनेशनल एजुकेशनले १९औँ वार्षिकोत्सव अवसरमा अध्ययन भिसा प्राप्त गरी बेलायत जाने विद्यार्थीलाई निःशुल्क ल्यापटप प्रदान गर्ने भएको छ ।


शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हब एजुकेशनले १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बेलायतको अध्ययन भिसा प्राप्त गर्ने विद्यार्थीलाई निःशुल्क ‘डेल–३४२०’ मोडलको स्क्रीनटच फुलएचडी ल्यापटप प्रदान गर्ने जनाएको हो ।


१९औँ वाषिक उत्सव मनाउँदै हबले विद्यार्थीलाई आफ्नो भविष्यको जिम्मेवारी लिन सशक्त पार्दै आवेदन प्रक्रियामा मार्गदर्शन गर्दै उच्च सफलता दर निरन्तर कायम राखेको छ ।


वार्षिकोत्सव मनाउने क्रममा हबले विद्यार्थीका लागि केही अर्थपूर्ण कार्य गर्न चाहेको हब इन्टरनेशनल एजुकेशनकी सिइओ सरिता खड्काले बताइन् । उनले भनिन्, ‘गुणस्तरीय ल्यापटप प्रदान गर्दा विद्यार्थीलाई अध्ययनमा सहयोग मात्र नभई आर्थिक सहायतासँगै सहज हुने विश्वास लिएका छौँ ।’


‘हाम्रा विद्यार्थीहरूको सफलता नै हाम्रो सफलता हो’, सिइओ खड्काले भनिन्, ‘हामी विद्यार्थीहरूलाई उनीहरूको लक्ष्य प्राप्त गर्न मद्दत गर्ने क्षमतामा विश्वस्त छौँ । यो ल्यापटप दिने कार्यक्रम हामीले उनीहरूको भविष्यप्रति गरेको प्रतिबद्धताको प्रतिबिम्ब हो ।’


आगामी अक्टोबर/नोभेम्बर र जनवरी र फेब्रुअरीमा आवेदन दिने विद्यार्थीहरूले मात्र प्राप्त गर्ने हबले जनाएको छ । हब इन्टरनेशनल एजुकेशनमार्फत बेलायतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई सीमित समयका लागि यो अफर ल्याएको हो । विद्यार्थीले भिसा प्राप्त गरेपछि मात्र ल्यापटप उपलब्ध गराइने छ ।


विद्यार्थीले यस विषयमा थप जानकारी वा आवेदन दिन हबका नेपालभर रहेका शाखा कार्यालयमा जान वा सम्पर्क गर्न सक्ने हबले जनाएको छ ।


जसका लागि हबको केन्द्रीय कार्यालय काठमाडौंस्थित हात्तिसार (लक्ष्मी सनराइज बैंकको अपोजिट साइट)मा रहेको छ भने ०१–५३४२०९६ नम्बरमा फोन गरेर पनि बुझ्न सकिनेछ ।


यस्तै ललितपुर कुमारीपाटी (ग्लोबल आईएमई बैंकको अपोजिट साइट) शाखामा पुगेर वा ०१–५४००४४५ नम्बरमा सम्पर्क गरेर पनि जानकारी लिन सकिने हबले जनाएको छ ।


यस्तै कास्की जिल्लाको पोखरास्थित (पूर्णिमा कम्प्लेक्सको पहिलो तला)मा रहेको हबको शाखा कार्यालयमा उपस्थित भएर पनि जानकारी लिन सकिने छ । यहाँको सम्पर्क नम्बर ०६१–४१७०९२ रहेको छ ।


यसैगरी झापाको बिर्तामोड (सानीसरे रोडस्थित नेपाल बैंकको अपोजिट साइट)मा रहेको हबको शाखा कार्यालयमा भौतिक रूपमा उपस्थित भई वा ०२३–५९११४७ नम्बरमा कल गरेर पनि यो अफरको बारेमा तथा अन्तर्राष्ट्रिय उच्च शिक्षाको विषयमा जानकारी लिन सक्ने हबले जनाएको छ ।