भ्याली पब्लिकका ३ सय ८३ विद्यार्थीलाई क्याम्ब्रिज सर्टिफिकेट प्रदान

काठमाडौँ /२९ साउन – काठमाडौँको भ्याली पब्लिक हाई स्कुलले क्याम्ब्रिज इङलिस प्रमाणपत्र वितरण गरेको छ । कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीहरूलाई क्याम्ब्रिज सर्टिफिकेट प्रदान गरेको हो ।


३ सय ८३ जना विद्यार्थीहरूमा ६५ प्रतिशत विद्यार्थीले ५ स्टार नतिजा प्राप्त गर्न सकेको विद्यालयले जनाएको छ । एक वर्ष मै भ्याली पब्लिक स्कुलले क्याम्ब्रिज इङलिससँगको पार्टनरसिप कार्यक्रम पाउन सफल भएको विद्यालयको भनाई छ ।


भ्याली पब्लिक हाई स्कुलका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारीले पहिलो पटक बेलायतको चर्चित क्याम्ब्रिज विश्वविद्यालयको कोर्स क्याम्ब्रिज इङलिस तथा डिजि कम्प्युटर प्रोग्राम विद्यालयमा ल्याएको बताए । विद्यार्थीहरूलाई ग्लोबल सिटिजन बनाउने उदेश्य रहेको उनको भनाई छ ।