स्नातक तहको पहिलो वर्षमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौँ /२४ साउन – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षका लागि भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०८१/०८२ को वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।


विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको जनाएको छ ।


सार्वजनिक गरिएको तालिका अनुसार साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने, असोजदेखि कक्षा सञ्चालन, २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने, २०८२ को जेठमा कक्षा समाप्त हुने, अन्तिम परीक्षा २०८२ को असारमा हुने र २०८२ को असोजमा नतिजा प्रकाशन गरिने छ ।


हेर्नुहोस सूचना