सेट-१६ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/२१ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दश भाषा÷ पाठ्यक्रम अन्तर्गत स्थानीय स्थानीय पाठ्यक्रम कार्यान्वयन र सिकाइमा प्रभाव पर्ने तत्वहरुबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


साथै यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : स्थानीय पाठ्यक्रम कार्यान्वयन र सिकाइमा प्रभाव पर्ने तत्वहरुः जनशक्ति व्यवस्थापन, पाठ्यपुस्तक व्यवस्था, बहुभाषी समाज र भाषिक विविधता


अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. जनशक्ति व्यवस्थापनको प्रभाव स्थानीय पाठ्यक्रम कार्यान्वयनमा कसरी पर्छ ? स्थानीय पाठ्यक्रमको सफल कार्यान्वयनमा उपयुक्त जनशक्ति व्यवस्थापनले दिन सक्ने योगदानका बारेमा लेख्नुहोस् ।


२. स्थानीय पाठ्यक्रमका लागि आवश्यक पाठ्यपुस्तकहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ ? पाठ्यपुस्तकहरूको व्यवस्थापन गर्दा आउने समस्या र समस्याहरूको समाधानका लागि गर्न सकिने प्रयासहरूको बारेमा व्याख्या गर्नुहोस् ।


३. बहुभाषी समाजमा स्थानीय पाठ्यक्रमको कार्यान्वयन कसरी प्रभावकारी बनाउन सकिन्छ ? बहुभाषी समाजमा विभिन्न भाषाका विद्यार्थीहरूका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्दा आउने चुनौतीहरू र अवसरहरूको विश्लेषण गर्नुहोस् ।


४. भाषिक विविधताले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा के कस्तो प्रभाव पर्छ ? भाषिक विविधताले स्थानीय पाठ्यक्रममा कसरी सकारात्मक र नकारात्मक असर पर्न सक्छ ? विश्लेषण गर्नुहोस् ।



५. स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि किन शिक्षक तालिमलाई महत्वपूर्ण मानिन्छ ? शिक्षकहरूको तालिमले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा पार्ने प्रभावका बारेमा चर्चा गर्नुहोस् ।

हेर्नुहोस प्रश्नोत्तर