सेट-१४ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१९ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दश भाषा/पाठ्यक्रम अन्तर्गत स्थानीय पाठ्यक्रमबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : परिचय, महत्व र विद्यालय तहमा स्थानीय पाठ्यक्रम सम्बन्धमा भएको व्यवस्था


अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु


१. स्थानीय पाठ्यक्रमको आवश्यकताबारे प्रस्ट पार्दै यसको निर्माण प्रक्रिया र प्रयोगका वारेमा समीक्षा गर्नुहोस् । (खुला प्रतियोगितात्मक विषयगत परीक्षा – २०७९)


२. स्थानीय पाठ्यक्रम भनेको के हो ? यसको अवधारणा र विशेषताहरू वर्णन गर्नुहोस् ।


३. स्थानीय पाठ्यक्रमको महत्व के रहेको छ ? यसले विद्यार्थी र समाजमा के–कस्ता प्रभाव पार्छ ? लेख्नुहोस् ।


४. विद्यालय तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने प्रक्रियामा के–कस्ता चुनौतिहरू रहेका छन् ? तिनको समाधान कसरी गर्न सकिन्छ ? लेख्नुहोस् ।


५. स्थानीय पाठ्यक्रम र राष्ट्रिय पाठ्यक्रमबीच के भिन्नता रहेको छ ? उदाहरणसहित तुलना गर्नुहोस् ।


६. नेपालमा विद्यालय तहमा स्थानीय पाठ्यक्रम सम्बन्धी के–कस्ता व्यवस्थाहरू रहेका छन् ? यसको कार्यान्वयनमा कस्ता किसिमका समस्याहरु रहेका छन् ?


प्रश्नोत्तर हेर्नुहोस