सेट-३ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/८ साउन – शिक्षक सेवा आयोग तयारीका लागि शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन अन्तर्गत शैक्षिक सामग्री र शैक्षिक सुधारबाट नमूना विषयगत प्रश्नोत्तर भिडियोमा दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : शैक्षिक सामग्रीको प्रकार र निर्माण, प्राथमिक तहमा अध्यापन हुने विषयहरुको विषयगत शैक्षिक सामग्री निर्माण र प्रयोग


अभ्यासका सम्भावित प्रश्नोत्तरहरु
१.आधुनिक शिक्षाको आवश्यकताहरूसँग शैक्षिक सामग्रीलाई कसरी अनुकूल बनाउन सकिन्छ ? डिजिटल युगमा शिक्षण सामग्रीलाई प्रभावकारी कसरी बनाउन सकिन्छ ? लेख्नुहोस् ।


२.शिक्षाको गुणस्तर र पहुँचमा समानता कायम गर्नका लागि शैक्षिक सुधारका मुख्य रणनीतिहरू के–के हुन सक्छन् ? ग्रामीण र शहरी विद्यालयहरूको बीचको शैक्षिक भिन्नतालाई कसरी न्यून गर्न सकिन्छ ?


३.शैक्षिक सुधारमा शिक्षकहरूको मुख्य भूमिका के रहन्छ ? शिक्षकहरूको तालिम र पेसागत विकासलाई सुधार गर्नका लागि प्रभावकारी विधिहरू के–के हुन सक्छन् ?


४.शैक्षिक सामग्री निर्माण गर्दा विविधता र समावेशितालाई कसरी सुनिश्चित गर्न सकिन्छ ? विभिन्न सांस्कृतिक, भाषिक र सामाजिक पृष्ठभूमिका विद्यार्थीहरूको आवश्यकता पूरा गर्न के–के उपाय अपनाउन सकिन्छ ? लेख्नुहोस् ।


५.प्रविधिको प्रयोगले शैक्षिक सामग्री निर्माणमा के–कस्ता परिवर्तन ल्याएको छ ? अनलाइन प्लेटफर्महरू, इ–लर्निङ सामग्री र मल्टिमिडिया उपकरणहरूको उपयोगले शिक्षण प्रक्रियालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?


६.प्राथमिक तहका विद्यार्थीहरूको मानसिक विकास र सिकाइ क्षमतालाई ध्यानमा राखेर शैक्षिक सामग्री कसरी तयार गर्न सकिन्छ ? विभिन्न उमेर समूहका बालबालिकाहरूका लागि प्रभावकारी शिक्षण विधि र सामग्रीमा के भिन्नता हुनु पर्छ ? लेख्नुहोस् ।


७.विशेष आवश्यकता भएका विद्यार्थीहरूको लागि शैक्षिक सामग्री कसरी समायोजन गर्न सकिन्छ ? सबै विद्यार्थीहरूको सिकाइको आवश्यकता र क्षमता अनुसार अनुकूलन गर्न के–कस्ता उपायहरू अपनाउन सकिन्छ ? लेख्नुहोस् ।


प्रश्नोत्तरका लागि भिडियो हेर्नुहोस