नेपालकै अग्रणी ई–लर्निङ् संस्था ओटिसको भौतिक कक्षा सञ्चालन

काठमाडौँ/६ साउन – लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैङ्किङ्, भाषा तयारी लगायतका प्रतिस्पर्धात्मक तयारी कक्षा सञ्चालनको क्षेत्रमा विगत आधा दशकदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएको नेपालकै अग्रणी ई–लर्निङ् संस्था ओटिसले २०८१ ६ गतेदेखि भौतिक कक्षाको शुभारम्भ गरेको छ ।


गुरुपूर्णिमाको पावन अवसरमा काठमाडौँको कीर्तिपुरस्थित नयाँ बजारबाट भौतिक कक्षा सञ्चालनको प्रारम्भ गरेको हो ।
ओटिसमा आबद्ध भएर यसअघिदेखि नै तयारी कक्षाहरूमा जोडिनुभएका र नियमित वृत्ति विकासमा अग्रसर भइरहनु भएका कयौँ विद्यार्थीहरूको मागलाई सम्बोधन गर्दै ओटिसले भौतिक कक्षा सञ्चालनको सुरुवात गरेको ओटिसका अध्यक्ष ऋषिराम चालिसेले बताए ।


गुणस्तरीय शिक्षा प्रवाहको माध्यमबाट विद्यार्थीहरूलाई गन्तव्यमा पु¥याउने कार्यलाई व्यवहारमै उतारेर विद्यार्थीहरू माझ आफ्नो गुणस्तरयुक्त पहिचान स्थापित गर्न सफल ओटिसबाट सञ्चालनको सुरुवात भएको भौतिक कक्षाको माध्यमबाट विद्यार्थीहरूले अझै थप लाभ लिनसक्नेमा आफू पूर्णतः विश्वस्त रहेको उनको भनाई छ ।


चालिसेले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैङ्किङ्, भाषा तयारी लगायतका प्रतिस्पर्धात्मक भौतिक तयारी कक्षामा जोडिएर उल्लेख्य लाभलिन सम्पूर्ण प्रतिस्पर्धी विद्यार्थीहरूलाई आह्वान गरेका छन् ।