विद्यालयमा ‘शिक्षासँगै कमाइ’ कार्यक्रम, आवेदन खुला

काठमाडौं/४ चैत–सरकारले ‘शिक्षासँगै कमाइ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शिक्षालाई उत्पादनसँग जोड्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । शिक्षा तथा मानव विकास स्रोत केन्द्र अन्तर्गत सञ्चालित प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सञ्चालति आङ्गिक शिक्षालय तथा सो परिषद् अन्तर्गतको टेक्स कार्यक्रम सञ्चालन गर्ने सामुुदायिक विद्यालयहरु यस कार्यक्रममा सहभागी हुन पाउने छन् । प्रशिक्षार्थीलाई कार्यस्थलको अनुुभव दिलाउन, उपलब्ध औजार, उपकरण लगायत भौतिक पूर्वाधारलाई अधिकतम उपयोगमा ल्याउन र प्रशिक्षार्थी, प्रशिक्षक एवम् शिक्षालयलाई थप आय आर्जनको अवसर प्रदान गर्दै शिक्षालाई उत्पादनसँग जोड्नका लागि यस शिक्षासँगै कमाइ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । संघ, प्रदेश र स्थानीय सरकारको लगानी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालय वा शिक्षालयले सूचना प्रथम पटक प्रकाशन भएको पन्ध्र प्रस्ताव सहित आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

आवेदन फारमकाे ढाँचा

https://moe.gov.np/assets/uploads/files/%E0%A4%86%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8_%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AE.pdf