काठमाडौं/२ चैत–स्वास्थ्य मन्त्री भानुुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुन लागेको यस वर्षको माध्यमिक तह कक्षा १० (एसईई) को परीक्षा सर्न सक्ने बताएका छन् ।
छिमेकी मित्र राष्ट्रहरुसम्म आइपुुगेको कोरोना संक्रमणबाट जोगिन परीक्षा स्थगन गर्नुपर्ने बताउँदै उनले भने,“दुुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ ।” उनले कोरोनाले महामारीको रुपमा लिएमा परीक्षा स्थगन गर्न दुविधा नरहने समेत बताए ।
तर, अहिलेकै अवस्थामा रहेमा भने परीक्षा स्थगित नहुने उनको भनाई छ । आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले यस्तो भनेका हुन् ।
एसईई परीक्षा सर्न सक्ने : स्वास्थ्य मन्त्री ढकाल
