काठमाडौं/२ चैत–नेपाल गणित समाजले गर्न लागेको अन्तर्राष्ट्रिय गणित सम्मेलन स्थगित गरेको छ ।
समाजले एक विज्ञप्ति जारी गर्दै सम्मेलन स्थगित गरिएको जानकारी दिएको हो । कोरोना भाइरसका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै समाजले आयोजना गर्न लागेको ‘इन्टरनेशनल कन्फरेन्स अन एनालाइशिस एन्ड इट्स एप्लिकेशन २०२०’ स्थगित गरिएको हो । समाजले अर्को निर्णय प्रकाशित नगरुन्जेल सम्मका लागि स्थगित गरेको हो । सम्मेलन आगामी जेठ १६ देखि १८ हुने भनिएको थियो ।
नेपाल सरकारको निर्णय तथा स्थानीय प्रशासनको आग्रहलाई मध्यनजर गर्दै समाजले कार्यक्रम स्थागित गरेको हो । समाजले चैत ५ गतेदेखि १२ गतेसम्म धुलिखेलमा सञ्चालन गरिने भनिएको प्राध्यापक क्षमता अभिवृद्धिको कार्यक्रम समेत स्थगित गरेको छ ।