काठमाडौं/२ चैत–अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणका क्रममा घुस खाएका शिक्षाका दुुई जना कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत इञ्जिनियर श्रीकृष्ण खनाल र सव–इञ्जिनियर प्रमोदकुमार उप्रेती विरुद्द मुद्दा दायर गरेको हो । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–३ मा रहेको श्री सुुर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणको क्रममा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट भएको कार्य सम्पादनमा घुस खाएको अख्तियारको दाबी छ ।
उनीहरुले घुस रकम फिर्ता गरेपनि अनुचित तरिकाले पैसा असुली गरेको उजुुरी माथि अनुसन्धान हुँदा उनीहरुले कारवाहीबाट बच्न लिइसकेको रकम फिर्ता गरेको अख्तियारको भनाई छ । उनीहरुले विभिन्न बहानामा पटकपटक गरी विद्यालयसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारले रकम फिर्ता गरेपनि चार देखि ६ महिनासम्मको कैद माग गरी मुद्दा दायर गरेको छ ।
शिक्षाका दुुई कर्मचारी विरुद्ध मुद्दा दायर
