काठमाडौं/२५ फागुन– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सामुुदायिक विद्यालयहरुसँग २५ लाख रुपैयाँसम्मको कार्यक्रम प्रस्ताव माग गरेको छ ।
केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मा व्यवस्था भए राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक विद्यालयलहरुले चालु आर्थिक वर्ष (०७६/०७७) भित्रै सम्पन्न गर्न सकिने, कार्यक्रममा दोहोरोपना नहुने र शिक्षण सिकाइलाई प्रत्यक्ष सहयोग पुु¥याउने प्रकृतिका प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
केन्द्रका अनुसार विद्यालयले तोकिएको ढाँचामा प्रस्ताव तयार गरी सम्बन्धित स्थानीय तहमा चैत ७ गते सम्म प्रस्ताव पेश गर्न पाउँछन् ।
प्राथमिकताका क्षेत्रहरु
सार्वजनिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन गर्न,
प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्राविधिक प्रयोगशाला स्थापना र सञ्चालन गर्न,
विद्यालयमा इन्टरनेट सुविधाको विस्तार गर्न,
स्मार्ट बोर्डको व्यवस्था कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला,
पुस्तकालय स्थापना र सञ्चालन (पुस्तकालय नभएका विद्यालयमा मात्र)
पर्याप्त पानीको सुविधा सहितको शौचालय र छात्राका लागि चेन्जिङ्ग रुमसहितको छुट्टै शौचालय,
हरित विद्यालय, वातावरणीय सुधार एवं विद्यालय रङ्गरोगन कार्य
माध्यमिक तहमा गणित विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक तथा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्रशिक्षकहरूको (अन्य व्यवस्थाद्वारा उपलब्ध नभएको भए) व्यवस्था,
खेलमैदान निर्माण, भएकाको हकमा मर्मतसम्भार र सुदृढीकरण तथा खेल सामग्रीको व्यवस्थापन,
विगत लामो समयदेखि अधुरा रहेका विद्यालय भवन, कक्षाकोठाको निर्माण सम्पन्न गर्ने कार्य,
आगामी वर्षहरुमा ठूला र आवासीय सुविधा सहितका विद्यालय पूर्वाधार निर्माण गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य ।