काठमाडौं/२५ फागुन–ललितपुरको सानेपामा रहेको ज्ञानदिप इंग्लिस मिडियम हाई स्कुुलले शनिबार ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीरा जयवालको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनय प्रसाद चौधरीले विद्यालयको प्रगाति विवरण प्रस्तुुत गर्नुका साथै शैक्षिक उपलब्धका बारेमा अभिभावकललाई जानकारी समेत गराएका थिए । लगभग चार सय अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सजग रहन र जोगिन अभिभावक तथा विद्यार्थीहरुलाई आग्रह गरेको थियो ।
कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुुरस्कार समेत वितरण गरिएको थियो । कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस स्कुलले आगामी शैक्षिक सत्रदेखि माध्यमिक कक्षा ११ र १२ सञ्चालन गर्ने तयारी गरेको विद्यालयका प्रअ चौधरीको भनाई छ ।