विद्यालय बन्द गर्ने निर्णय फिर्ता, चैत ५ भित्र परीक्षा सक्न निर्देशन

काठमाडौं/२५ फागुन–कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै धनगढी उपमहानगरपालिकाले आजदेखि लागू हुने गरी गरेको विद्यालय बन्दको निर्णय फिर्ता लिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेपछि उक्त निर्णय फिर्ता गरिएको नगर प्रमुख नृप बहादुर वडले जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा १ देखि ५ सम्मको वार्षिक परीक्षा सक्नुुपर्ने निर्देशन आएसँगै विद्यालय बन्द गर्ने निर्णय फिर्ता गरिएको उनको भनाई छ ।
शनिबार बसेको शिक्षा सरोकारवालाहरुको भेलाले सबै विद्यालय यथावत रुपमा सञ्चालन गरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गते भित्र सम्पन्न गर्न पालिकाले विद्यालयहरुलाई आह्वान गरेको छ ।
उपमहानगरपालिकाले शुक्रबार कोरोना भाइरसको संक्रमणका कारण आइतबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।