कोरोना प्रभाव : परीक्षा स्थगित गरी धनगढी उप–महानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द

काठमाण्डौं/२३ फागुन– आईतबारदेखी धनगढी उप–महानगरपालिकाका सम्पूर्ण विद्यालयहरू अर्को सूचना प्राप्त नभएसम्म अनिश्चित कालिन बन्द हुने भएको छ ।
धनगढी उपमनपाले आज विज्ञप्ति प्रकाशित गर्दै सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । स्थिति सामान्य नहुञ्जेल परीक्षा लगायतका सम्पूर्ण गतिविधि तत्काल सञ्चालन नहुने उपमनपाका शिक्षा शाखाका अधिकृत अकबर चन्दले जानकारी दिएका छन् ।
विश्वभर फैलिरहेको कोरोना संक्रमण सन्त्रासका कारण सुदूरपश्चिमस्थित धनगढी उप–महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द हुने भएको हो । उप–महानगरपालिका कार्यालयले अर्को सूचना प्रकाशित नगरेसम्म विद्यालय लगायत त्यहाँका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा हुन लागिरहेको यहि शैक्षिक क्षेत्रको सम्पूर्ण परीक्षा स्थगित गरि उप–महानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुने धनगढी प्याब्सनका केन्द्रिय अध्यक्ष सिताराम बुढाथोकीले बताए ।
७३ वटा सामुदायिक र १ सय ८ वटा संस्थागत विद्यालय रहेको सो क्षेत्रमा कोरोना भाईरस सन्त्रासका साथै प्रतिकूल मौसमका कारण विद्यालयका सम्पूर्ण कार्य समेत स्थगित गरिएको उप–महानगरपालिका शाखा अधिकृत महादेव जोशीले खबर एजुकेशनलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *